April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

रास्वपाद्वारा केन्द्रीय समिति बैठक आह्वान

805

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। बैठक बुधबार बिहान ८ बजेदेखि पार्टी कार्यालयमा बस्ने जनाइएको छ ।

बैठकमा पार्टीको राष्ट्रिय भेला, कर्णाली विशेष अभियान, आसन्न स्थानीय तहको निर्वाचन, संविधान दिवसलगायतका विषयमा छलफल हुने बताइएको छ ।

गत १० साउनमा बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको थियो। त्यसको तयारीलगायतका विषयमा बैठकमा गम्भीर छलफल हुने भएको छ ।

Advertisement