February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य हुन्न: केपी शर्मा ओली

780

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनैपनि प्रकारको गुटबन्दी स्वीकार नरहेको बताएका छन् । नवमनोनीत उपाध्यक्ष र केन्द्रीय सदस्यहरूलाई आइतबार पार्टी कार्यालयमा शपथ गराउँदै उनले त्यसअनुसार काम गर्न निर्देशनसमेत दिएका हुन् ।

पार्टी सिद्धिने कारण नै गुटबन्दी रहेको उल्लेख गर्दै ओलीले भने, ‘डेमोक्रेसीका नाममा गुटबन्दी गर्दा पार्टी सकिन्छन् । पार्टी ओरालो लाग्ने भनेकै गुटबन्दीका कारण हो । हाम्रो पार्टीमा पनि लामोसमय गुटबन्दी थियो । त्यही कारण विभाजन पनि भयो । अब हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य हुन्न ।’

उनले लोकतन्त्रका नाममा गुटबन्दी गर्न कसैले उचाल्न सक्ने भएकाले त्यस्ता विचारकोपछि नलाग्न निर्देशन दिए । आफूले पनि गुटबन्दी नगर्ने र गुटबन्दी गर्नेलाई छेउ पर्न पनि निदिने आलीले बताए । उनले पार्टीमा अस्वस्थ्य तरिका नअपाउन आग्रह गर्दै केन्द्रीय सदस्यहरूलाई पार्टीको मैदानमा प्रवेश गर्दा खेलाडी जस्तो भएर प्रवेश गर्न भने ।

Advertisement