January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

सर्‍यो माओवादी केन्द्रको पदाधिकारी बैठक

695

काठमाडौं । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान ११ बजे बस्ने भनिएको माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । बैठक नेताहरूको व्यस्तताका कारण २ घण्टा पछाडि सरेको हो ।

बैठक अब दिउँसो १ बजे बस्ने जनाइएको छ । सोमबार नेताहरुले धारणा राख्ने क्रम सकिएको थियो । आज नेताहरूले उठाएको प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिने तय भएको छ ।

बैठकमा अहिलेको अवस्थामा विचारको विकासर र पार्टी निर्माणबारे नेताहरूले आ–आफ्ना विचार राखेका थिए । खासगरी सत्ताबाट हट्नुका कारण, पछिल्लो राजनीतिक स्थिति र भावी रणनीतिबारे प्रचण्डले बिफ्रिङ गरेका थिए ।

Advertisement

बैठकमा उठेका प्रश्नको जवाफ दिएपछि बैठक आजै सकिने बताइएको छ ।