काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताको खेल नबुझेको बताए । मंगलवार प्रतिनिधि सभा बैठकमा अध्यक्ष केसीले एमालेसँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री प्रचण्डको नराम्रो दिन सुरु भएको बताएका हुन् ।
उनले एमालेप्रति संकेत गर्दै बालकोटले प्रधानमन्त्री प्रचण्डलाई अहिलेको परिस्थितिमा पु¥याएको बताए ।
अध्यक्ष केसीले कांग्रेस र एमाले सत्ता समीकरणले पनि मुलुकमा केही पनि सुधारको काम नहुने दाबी गरे । दुवै दलसँग आफूले लामो समयदेखि संगत गरेकाले उनीहरुले पनि मुलुकको हितमा काम गर्न नसक्ने उनले बताए ।