April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कांग्रेस–एमाले सत्ता गठबन्धनलाई साथ दिँदा प्रचण्डको हित हुन्छः योगेश भट्टराई

755

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले कांग्रेस–एमाले सत्ता गठबन्धनको सरकारलाई साथ दिँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि हित हुने बताएका छन् ।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले शान्ति प्रक्रियालाई सही निष्कर्षमा पु¥याउन, संविधानलाई गतिशील बनाउन, मुलुकलाई सही दिशामा अघि बढाउन र स्वयं आफ्नै हितका लागि पनि प्रधानमन्त्री दाहालले दुई ठूला दलबीचको सहकार्यलाई साथ दिएर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् ।

सचिव भट्टराईले माओवादी केन्द्रलाई साथमा लिएर नै आफूहरुले सर्वसम्मतिको बाटोबाट संविधान संशोधनको कार्य अघि बढाउने बताए ।

Advertisement

‘संविधान संशोधन गर्न त्यति सहज छैन । त्यो सहज छैन भनेर नै हामी कांग्रेस–एमाले एक ठाउँ आएका हौं । हामी दुई एक ठाउँ नआई त यो सम्भावना नै छैन’, उनले भने, ‘किनभने दुई तिहाई बहुमत एमालेले कुनै कोलिएशन बनाए पनि पुग्दैन । गाह्रो छ । कांग्रेसले अलग्गै कोलिएशन बनाए पनि पुग्दैन । त्यो पनि सम्भावना देख्या छैन भने माओवादीको त झन त्यो सम्भावना छैन । त्यसैले संविधानमा पुनरावलोकन गर्नुपर्ने र आवश्यकता भए संशोधन पनि गर्नुपर्ने हामीलाई जुन महशुस भयो । त्यो आवश्यकताले नै नेपाली कांग्रेस र हाम्रो बीचमा एउटा सहमति बनेको हो । त्यो सहमतिले संघीय संसद्मा दुई तिहाई कमाण्ड गर्छ । दुई वटा पार्टीले मात्रै संख्या पुग्दैन । हामी अरु पार्टीको पनि त्यसमा साथ लिन्छौँ ।’

उनले माओवादी केन्द्रले पनि संविधान संशोधनको एजेण्डामा कांग्रेस–एमाले गठबन्धनलाई साथ दिन्छ भन्ने विश्वास रहेको बताए ।