April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सहकारी काण्डले रवि लामिछानेको ‘धोती फुस्कियो’ भनेपछि…

610

काठमाडौं । नेपाली कांग्रेसकी सांसद शान्ति विकले गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा काण्डले धोती खुस्किएको भनेपछि रास्वपाका सांसद मनिष झाले नियमापत्ति गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा कांग्रेस सांसद विकले सहकारी प्रकरणले गृहमन्त्रीकै धोती खुस्किएको बताएकी थिइन् ।

‘गृहमन्त्रीलाई फागुन २३ देखि आजसम्म एक्सनमा उत्रिन रोक्यो कसले ? सहकारीको अर्बौं रकम हिनामिना काण्डले आफ्नो धोती खुस्केर सम्हाल्न व्यस्त गृहमन्त्री र गृह मन्त्रालय फायल खोल्ने सिरिज अब रिलिज हुँदैन भन्ने कुरा अवगत रहोस् ।’ विकले यति भनेपछि रास्वपा सांसद झा आसनबाट उठेर आपत्ति जनाएका थिए ।

Advertisement

उनले संसद्को नियमावली अनुसार धोती खुस्कने भन्ने शब्दप्रति आपत्ति जनाउँदै ११ नम्बर नियमावलीको ख्याल गर्न आग्रह गरे । ‘११ नम्बर बुँदाअनुसार धोती शब्द संसद्मा बोल्न पाइँदैन’, त्यसपछि सभामुख देवराज घिमिरेले सदनको ध्यानाकर्षण भएको भन्दै झालाई सल्लाह गरेर त्यसबारे निर्णय लिइने बताए ।