February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

सुदूरपश्चिम सरकारले पूर्णता नपाएसम्म मधेश प्रदेशबाट समाजवादी नबाहिरिने

1.3K

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता नपाएसम्म मधेश प्रदेश सरकारबाट नबाहिरिने भएको छ ।

सोमबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश सरकारका बारेमा व्यापक छलफल पश्चात् सुदूर सरकारले पूर्णता नपाएसम्म मधेश सरकारबाट बाहिरिन नहुने निश्कर्ष निकालेको हो ।

आफूहरुले समग्रतामा समस्याको समाधान खोजौं भनेपनि एमालेले कुनै घटना विशेषलाई जोडेर कुरा गरिरहेको एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। उनले सुदूर सरकारले पूर्णता नपाएसम्म मधेशको कु्रा नमिल्ने बताए।

Advertisement