November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

धरानमा राष्ट्रिय मुक्ति क्रान्तिको बृहत संवादात्मक कार्यक्रम हुने

2.6K

विराटनगर । धरानमा राष्ट्रिय मुक्ति क्रान्तिको बृहत संवादात्मक कार्यक्रम हुने भएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यक्रम हुने जानकारी दिइएको हो ।

सनिवार हुने कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय मुक्ति क्रान्तिका संयोज राजेन्द्र महतो र राष्ट्रिय मुक्ति क्रान्तिका नेता बुद्धछिरिङ मोक्तानको उपस्थिति रहने छ ।

पुर्वी कमान्ड इन्चार्ज रमेश योङहाङ र संयोजक सनम लिम्बुद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वहुलराष्ट्रिय राज्य स्थापनाले मात्रै लिम्बु, खम्बु, कोच मधेसी लगायत सम्पूर्ण राज्यविहिन राष्ट्रका जनताहरू राजत्व प्राप्त गर्न सक्ने भएको हुदा सो प्राप्त गर्न हामी राष्ट्रिय मुक्ति क्रान्तिको महान अभियानमा छौं।’

Advertisement