November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक सम्पन्न

1.7K

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक सकिएको छ ।शनिबारदेखि सुरु भएको बैठक समापन समारोहमा एमालेका उपमहासचिव विष्णु रिमालले १५ बुँदे समसामयिक प्रस्ताव प्रस्तुत गरेपछि बैठकहलबाट अनुमोदन भएको हो।

बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए त्यसैगरी, सल्लाहकार परिषद्को प्रतिवेदन, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोगको प्रतिवेदन पनि पेस गरिएको थियो ६ वटा प्रतिवेदनमाथि आइतबार समूहगत छलफल गरेर सुझावहरूसहित पारित भएको छ।

एमालेले आफनो पार्टीसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा एकीकृत समाजवादीका बीचमा नयाँ सत्तासमिकरण निर्माण गर्ने सम्झदारी गर्दै नयाँ सत्ता सहकार्य आरम्भ भएकोमा सन्तोष व्यक्त गर्दै त्यस सहकार्यलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

Advertisement