काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आजदेखि सुरु हुँदै छ। बैठक गोदावरीस्थित सनराइज सभाहलमा हुनेछ ।
चितवन महाधिवेशपछि पहिलोपटक गर्न लागेको परिषद् बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने एमालेले जनाएको छ। बैठक २ दिन चल्ने छ ।
शनिबार बिहान ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले परिषद्को उद्घटन गर्ने कार्यक्रम छ भने परिषद् बैठकमा अध्यक्ष ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।
यसैगरी, एमालेको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्बाट पनि प्रतिवेदन प्रस्तुत हुनेछन्।




