काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ । पार्टी मूख्यालय च्यासलमा आज बसेको २९ औं सचिवालय बैठकले आगामी वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बस्ने तय गरेको हो ।
यस्तै, एमालेले पार्टी स्थापनाको ७५ औं वर्षगाँठ धुमधामले मनाउने निर्णय पनि गरेको छ । एमालेले आगामी वैशाख १० गते काठमाडौंमा धुमधामले कार्यक्रम गर्ने भएको हो ।
आज बसेको बैठकले गत सोमबार बनेको नयाँ सत्ता गठबन्धनमा सामेल हुन अन्य साना दलहरुलाई पनि आग्रह गर्ने निर्णय भएका पनि बताइएको छ ।
सोमबार बनेको एमाले, माओवादी गठबन्धनमा हाल एमाले र माओवादीसहित रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादी रहेका छन् ।




