काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक बिहीवार दिउँसो ३ बजेका लागि बोलाइएको हो ।
पार्टी मूख्यालय च्यासलमा बस्ने बैठकमा समसामयीक विषयका साथै आगामी केन्द्रीय समिति बैठकमा राख्ने एजेण्डा रहेको छ ।
एमालेले फागुन ८ देखि १० गतेसम्म केन्द्रीय समितिको बैठक डाक्ने तयारी गरिरेहको छ ।
सचिवालय बैठक अघि आज एमालेले कार्यालय बैठकसमेत डाकेको छ । बैठक केहीसमय पछि बस्नेछ ।




