खोटाङ – खोटाङ – नेपाली कांग्रेसका एक युवा नेता रवि प्रकाश राईले कम्युनिष्टको पतन तय भएको र यो लडाईंको नेतृत्व गर्न आफू पनि तयार रहेको बताएका छन। नेपाली कांग्रेसका केन्द्रीय सर्कुलर अनुसार अहिले ७५३ वटै पालिकाका इकाईहरू कांग्रेस विरोधमा उत्रिएका छन् | सोही क्रममा गत शनिवार खोटाङको ऐशेंलुखर्क गाउँपालिकामा आयोजित कार्यक्रममा राईले उक्त विचार राखेका हुन् |
नेपाली कांग्रेसका युवा नेता एवं महासमिति सदस्य रविप्रकाश राईले, कम्युनिष्टहरुले जनतालाई ठूलो आशा र भरोसा देखाएर निर्वाचित भएपनि जनताको विश्वासको भारी थाम्न नसकेर बदनाम भएको बताएका छन। तीन वर्षसम्म भ्रष्टाचार र बेथितिमा लिप्त भएका र आफ्नो भारी भरिएपछि आफ्नो वास्तविक चरित्रमा उत्रिएर सत्ताको जुँगे लडाईंमा कम्युनिष्टहरु सती गएको समेत बताए।
उक्त क्षेत्रको कमाण्ड सम्हालिरहेका नेता राईले भने- “कम्युनिष्टहरु जुधे जुधुन, जे गरून् त्यो उनिहरुको आन्तरिक संघर्षको कुरा हो, तर उनीहरु जुधेर देश र संविधानको लक्ष्य विर्सनुले हामीलाई आक्रोशित बनाएको छ।”
उनले ७० वर्ष लामो नेपाली जनताको संविधान सभाबाट संविधान निर्माण गर्ने सपना सफल भइसकेपछि कम्युनिष्टहरु आएर संविधान र संसदीय व्यवस्थामाथि नै घात गरेको बताए।
सभाका प्रमुख अतिति समेत रहेका नेता राईले संसदीय व्यवस्थाका पक्षमा कहिल्यै नरहेका कम्युनिष्टहरुको हातमा सरकारको कमान्ड रहनु भनेको बाँदरको हातमा नरिवल सरह भएको छ। कम्युनिष्टहरुले गरेको व्यवस्थामाथिकै घातको अब नेपाली जनताले अवश्य प्रतिकार गर्ने नेता राईले बताए। त्यसैगरी जनता र कार्यकर्तालाई ढाडस दिँदै कम्युनिष्टहरु अब नेपालको इतिहास र समृद्धिको खलनायक भएको र अब नेपाली कांग्रेसले नेपालमा समृद्धिको नेतृत्व गर्न नविन ऊर्जा सहित तयार रहेको बताए।
गर्जनका साथ नेता राईले आफ्ना कार्यकर्ता साथै सर्वसाधारण जनतालाई कम्युनिष्टहरुको भ्रम र ज्यादतीलाई चिर्न तयार रहन र यसको नेतृत्व अब आफूले लिन तयार रहेको समेत बताए। साथै नेता राईले ओलीतन्त्रको अन्त्य तय भएको र ओलीको निरंकुशताको साक्षी र साथी समेत बनेकोमा खोटाङबाट निर्वाचित विशाल भट्टराईप्रति आक्रोश समेत पोखे।