काठमाडौं । नेकपा एमालेका ६ जना सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। दीपक कार्की, तुलसी न्यौपाने, रामअवतार यादव, केशव पाण्डे, विनोदकुमार शाह र दामोदर भण्डारीले केन्द्रीय सदस्यको शपथ लिएका हुन् ।
२६ औं सचिवालय बैठकबाट केन्द्रीय सदस्य मनोनीत भएका उनीहरूलाई मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
कार्की एमालेका झापा जिल्ला कमिटी अध्यक्ष हुन् भने न्यौपाने कोशी प्रदेशका पूर्वअध्यक्ष हुन्। पहिलो प्रदेश अधिवेशनमा उनी प्रतिस्पर्धाबाट बाहिरिएका थिए।
यादव मधेश, पाण्डे बागमती, शाह कर्णाली र भण्डारी एमाले सुदूरपश्चिम प्रदेश कमिटीका पूर्वअध्यक्ष हुन्। उनीहरू सबै प्रदेश अधिवेशनको प्रतिस्पर्धाबाट बाहिरिएकाले केन्द्रीय कमिटीमा मनोनीत भएका हुन्।
यादव मधेश, पाण्डे बागमती, शाह कर्णाली र भण्डारी एमाले सुदूरपश्चिम प्रदेश कमिटीका पूर्वअध्यक्ष हुन्। उनीहरू सबै प्रदेश अधिवेशनको प्रतिस्पर्धाबाट बाहिरिएकाले केन्द्रीय कमिटीमा मनोनीत भएका हुन्।




