May 27, 2024, Monday
२०८१ जेष्ठ १४
1:37:26 pm

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन

720

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन् । शुक्रबार कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई सर्वसम्मत पार्टी अध्यक्ष निर्वाचित गरेको हो । 

चौधरी ०७२ मा टीकापुर घटनामा दोषी ठहर भई जेल गएकाले गतवर्ष आमनिर्वाचनअघि जेलबाटै आफू संरक्षक रहेर पार्टी स्थापना गरेका थिए । अहिले जेलबाट छुटेपछि महाधिवेशनबाट जनमत लिएरै उनी अध्यक्ष चुनिएका छन् ।

यसअघि उनले आफ्नै श्रीमती रन्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएर पार्टी स्थापना गरेका थिए । श्रीमती चौधरी अहिले संघीय सरकारको मन्त्री समेत छिन् ।

Advertisement