November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमालेको मध्यपहाडी लोकमार्ग यात्रा आजदेखि

1.4K

काठमाडौं। नेकपा एमालेको मध्यपहाडी लोकमार्ग यात्रा आजदेखि सुरु हुँदैछ । एमालेले तयार गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ नामक पश्चिम झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्मको १ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्गमा गर्न लागेको हो ।

उक्त यात्राको उद्‍घाटन आज एमाले अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राको केन्द्रविन्दु बैतडीको झुलाघाटमा गर्ने छन् ।

सुदूरपश्चिम खण्डमा झुलाघाटदेखि वनखेतसम्मको ३५८ किलोमिटर यात्राका बीचमा डडेल्धुरा, डोटी, अछामको साँफेबगर र मंगलसेनमा विभिन्न कार्यक्रम गर्ने बताएइको छ ।

Advertisement