काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बैठक मध्याह्न १२ः४५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको हो ।
एमालेले मंसिरको दोस्रो साताबाट १ हजार ८७९ किलोमिटर लामो मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सञ्चालन गर्दै छ। उक्त बैठकमा मध्यपहाडी राजमार्गकेन्द्रित अभियानबारे छलफल हुने बताइएको छ।
अभियानमा जनप्रदर्शन, कोणसभा लगायतका गतिविधि गर्ने एमालेले बताएको छ।