January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

समाजवादी जागरण अभियान, जनता र पार्टीलाई जोड्ने अभियानमा अध्यक्ष नेपाल

लेखनाथ सिकारू
२०८० आश्विन १५

1.5K

झापा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेची–महाकाली समाजवादी जागरण अभियान जनतासँग आफ्नो पार्टीसँग जोड्ने अभियान समेत भएको बताएका छन् ।

झापाको काँकडभिट्टामा एकीकृत समाजवादीद्वारा आयोजित मेची–महाकाली जागरण अभियानको उद्घाटन गर्दै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले देशको बर्तमान अबस्थाको जानकारी गराउँदै आगामी दिनमा पार्टीले लिने रणनीति र कार्यदिशा जनतासमक्ष जानकारी गराउन १२ सय किलोमिटरको लम्वे अभियानको सुरुवात गरिएको बताए । अभियानले पार्टीलाई जनतासँग जोड्ने बताउँदै अध्यक्ष नेपालले युवालाई रोजगार, कृषि उत्पादनमा जोड लगातयका जनताको जनजीविकाको सवालमा हातेमालो गर्दै अघि बढ्ने उद्देश्यले समाजवादी जागरण अभियान सुरु गरिएको बताए । अध्यक्ष नेपालले अबका दिनमा कम्युनिष्ट पार्टीले मात्रै देशको नेतृत्व गर्नसक्ने भन्दै कम्युनिस्ट सरकारले सर्वसाधारण जनताको समस्या बुझ्ने र समाधान गर्ने बताए ।

सभालाई सम्बोधन गर्दै पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राजनीतिक व्यवस्था बदलियो तर, जनताको अवस्था उस्तै रहेको टिप्पणी गरे ।

Advertisement

संविधानले जनतालाई हक दिए पनि अझै खाने र बस्ने हक नपाएको बताए ।, ‘हिजो सामन्ती वर्गले शोषण गर्थे भने अहिले पूँजीपति वर्गले शोषण गरिरहेका छन् । अहिले पनि गाँस, बास र कपासको हक पाउनबाट नेपाली जनता वञ्चित छन्।’नेता खनालले बताए ।

पार्टीका महासचिव घनश्याम भुसालले गणतन्त्रले बाटोमा अल्मलिएको भन्दै उनले राजनीतिक विग्रीएको टीप्णी गरे ।

कृषिमा निर्भर ५९ लाख परिवारमध्ये ३० लाख परिवारलाई व्यवस्थापन गरेर कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ हाम्रो अभियान सुरु गरिएको उनको भनाई थियो ।

उत्पादन गरेको हरेक बस्तुको बिक्रीको ग्यारेन्टी मात्र गर्न सके पनि परिवर्तनको अनुभूति गर्न सकिने बताए । उत्पादक पुँजी तथा रोजगारीको विकास नगरी हाम्रो जस्ता कुनै पनि मुलुकले गरिबी उन्मूलन गर्न र समृद्धि हासिल गर्न सक्दैन भन्ने कुरा इतिहास सिद्ध तथ्य हो । यसै तथ्यलाई आत्मसात गरेर आगामी १० वर्षमा श्रम गर्नसक्ने सबै नेपालीलाई कसरी रोजगारी दिन सकिन्छ र समृद्धि र समाजवादको पहिलो आधार तयार गर्न सकिन्छ भन्नेबारेमा हाम्रा सोचहरू राष्ट्रलाई सुनाउने छौँ महासचिव भुसालले भने ।

झापाका काँकडभिट्टा, बिर्तामोड, दमक सहित मोरङका पथरी र बिराटचोक सहित ५ सथानमा आमसभा भएका थिए ।

सभामा उपाध्यक्षहरू जयन्ती राई,प्रमेश हमाल, राजेन्द्रप्रसाद पाण्डे, उपमहासचिवहरू डा विजय पौडेल रजगन्नाथ खतिवडाले बोलेका थिए ।

कार्यक्रममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

पार्टीका प्रदेश अध्यक्ष बलदेव चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत झापाकी सहइन्चार्ज चन्द्रा श्रेष्ठ र सञ्चालन झापा इन्चार्ज पुष्प पोखरेलले गरेका थिए ।

मुलुक रूपान्तरणका एजेन्डा राष्ट्रलाई सुनाउन र आमजनताका सुझाव लिन एकीकृत समाजवादीले मेचीदेखि महाकालीसम्म रोजगारी, समृद्धि र सुशासनको नाराका साथ समाजवादी जागरण अभियान सुरु भएको हो ।
अभियान २८ असोजमा समापन गरिनेछ ।