December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

संसदमा पेश गरिएको शिक्षा विधेयक सच्याउनु पर्छः गगन थापा

600

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदमा पेश गरिएको शिक्षा विधेयक सच्याउनुपर्ने बताएका छन् । थापाले सो विधेयकलाई सच्याउन कांग्रेसले आफ्ना पार्टीका सांसद र नेताहरुसँग सामुहिक छलफल गर्ने समेत बताएका हुन् ।

पार्टी निकट नेपाल मुस्लिम संघले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेस संसदमा सबैभन्दा ठूलो पार्टी भएकाले नाताले उसले हरेक विधेयकलाई समृद्ध बनाउन महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए । कानून सम्बन्धि विधेयक पनि केही दिन भित्रै संसदमा पेश हुने उल्लेख गर्दै त्यसलाई कांग्रेसले आवश्यक्ताको आधारमा संशोधन गरेर पारित गर्न नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

‘नेपाली कांग्रेस संसदको ठूलो पार्टी हो । त्यो भएको हिसावमा नेपाली कांग्रेस यो संसदमा केही काम गरिदियोस् भन्ने तपाईका मागहरु छन्, जुन जायज छन् । शिक्षा विधेयक भर्खर संसदमा दर्ता भएको छ । कांग्रेसका सांसदहरु, कांग्रेसका केन्द्रीय सदस्यहरु बसेर यो विधेयकलाई हामी कसरी परिस्कृत र समृद्ध बनाउन सक्छौ भनेर छलफल गछौं। मुस्लिम समुदायले केही महत्वपूर्ण विषयहरु उठाउनुभएको छ, जुन मदरसा शिक्षासँग सम्बन्धित छ । हामी संसदको सबैभन्दा ठूलो पार्टी हो । हामीले सच्याउन चाहँदा यो सच्चिन्छ । यसलाई हामीले सच्याउनु पर्दछ । निर्वाचन कानून केही दिनपछि संसदमा आउँछ । हामीले बनाउनु पर्नेछ । हामी बनाउँछौं’, महामन्त्री थापाल भने ।

Advertisement