काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजेदेखि सुरु हुने बैठकको मुख्य एजेन्डा महासमिति बैठकको तयारी रहेको छ ।
महासमिति बैठक मंसिर १३ देखि १५ सम्म बोलाइएको छ ।
बैठकमा पोलिसी ह्याकाथन, बीपी साहित्य महोत्सव, साउन २० देखि ३० सम्मको संगठन सुदृढीकरणको समीक्षा हुने छ भने समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।