काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले मुलुकलाई संकटबाट जोगाउनका लागि एमालेले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन् । मंगलबार जनकपुरमा आयोजित ‘संविधान निर्माणमा कमरेड सुवाषचन्द्र नेम्वाङको भुमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
देशको अवस्थालाई बदल्नका लागि २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी एमालेले तयारी गरिरहेको पोखरेलको भनाइ थियो । उनले आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टीको ध्येयलाई आत्मासात गर्दै एकतावद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका अधिवेशनहरुलाई एकतावद्ध भएर सम्पन्न गर्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । उनल भने, ‘देशलाई दुरावस्थाबाट जोगाउनका लागि एमाले एक्लैले बहुमत प्राप्त गर्नुपर्छ । त्यो तयारीमा लाग्नुपर्ने जरुरी छ । त्यसका लागि एमालेले अघि सारेका विचारहरुमा तलमाथि होइन । एमालेले अघि सारेका विचारहरुमा दृढतापूर्वक उभिनु प¥यो । विचारहरु कमजोर ढंगले समाउने, विचारहरुको पक्षमा नउभिने अनि कमजोर ढंगले त्यो विचारलाई लिने हो भने हामी पार्टी बनाउन सक्दैनौं । मिसन २०८४ पु¥याउन सक्दैनौं । त्यसकारण एमालेको मिशन २०८४ पु¥याउनका लागि जरुरत के हो भने एमालेले अगाडि सारेका विचारहरु जुन हुन, त्यो विचारहरुलाई हामीले दह्रोसँग समाउनुपर्ने हुन्छ । यही बलियो बनाउने हिसावमा हाम्रो अधिवेशनहरु हुँदैछन् । यसलाई व्यवस्थित ढंगले अघि बढाउनु पर्छ । एमाले एक्लैले बहुमत प्राप्त नगरुन्जेल देशको स्थितिलाई बदल्न सकिदैन । देशको अवस्था बदल्न सकिदैन ।’