September 21, 2023, Thursday
२०८० आश्विन ५
1:37:26 pm

कांग्रेस नेता डा. शेखर कोइराला पक्षका नेताहरूको बैठक बस्दै

410

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतरका नेता डा. शेखर कोइराला पक्षका नेताहरूको बैठक बस्दै छ । बैठक आज शेखरको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने गरी बोलाइएको हो ।

बैठकका शेखर–गगन पक्षका केन्द्रीय सदस्यहरु पनि सहभागी हुने जनाइएको छ । बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई समेत बोलाइएको छ । स्रोतका अनुसार विश्व–प्रदीपलाई समूहमा भित्र्याउने उद्देश्यले बैठक डाकिएको हो । तर, प्रदीप पौडेल भने बैठकमा उपस्थित नहुने भएका छन् । उनी आजै चीन जाने भएकोले उपस्थित नहुने भएका हुन् ।

१४औं महाधिवेशनपछि विश्व–प्रदीपसहितको बैठक शेखरले पहिलो पटक गर्न लागेका हुन् । साउनको केन्द्रीय समितिको बैठकअघि उक्त समूहको बैठक बस्न सकेको थिएन ।

Advertisement