September 21, 2023, Thursday
२०८० आश्विन ५
1:37:26 pm

सरकारले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने अर्थमन्त्री महतको भनाइ

430

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताएका छन् । सरकारले विकास निर्माणका योजना सञ्चालन गर्दा देशको हित अनुकूल जनताको आवश्यकतालाई ध्यानमा राखेर काम गर्ने उनको भनाइ छ ।

आइतबार ललितपुरको गोदावरी नगरपालिका वडा नं ११ स्थित बज्रवाराही चापागाउँ अस्पतालको प्रस्तावित भवनको शिलान्यास कार्यक्रममा बोल्दै उनले भने, “देशका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सुविधा सुनिश्चित गर्नु आवश्यक छ, क्षमताभन्दा हाम्रो आवश्यकता बढी छ, गत वर्ष राजश्व काम उठेको थियो, जसले मागअनुसार सम्बोधन गर्न केही कठिनाइ भइरहेको छ, अहिले अवस्था सुधार हुँदै छ, यति हुँदाहुँदै पनि भएको स्रोतलाई परिचालन गर्दै देश र जनतालाई केन्द्र विन्दुमा राखेर काम गर्ने कुरामा प्रतिबद्ध छौँ ।”

कार्यक्रममा बोल्दै उनले २०५२ सालमा नेपालीको आयु सरदर ५४ वर्ष रहेकामा अहिले बढेर ७१ वर्ष पुगेको भन्दै आगामी दिनमा अझै यो सूचक राम्रो बनाउन हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सुविधा सुनिश्चित गर्नु आवश्यक रहेको पनि बताए ।

Advertisement