April 22, 2026, Wednesday
२०८३ बैशाख ९
1:37:26 pm

कांग्रेस रुपान्तरण अभियानको दोश्रो चरणको कार्यक्रम सुरु

1.8K

काठमाडौं । नेपाली कांग्रेसभित्र संचालित रुपान्तरण अभियानको दोश्रो चरणको कार्यक्रम सुरु भएको छ । आइतबार काभ्रेको धुलिखेलबाट सुरु भएको कार्यक्रमले मंसिरमा हुने पार्टीको महासमिति बैठकलाई नीतिगत र सांगठनिक हिसाबले रुपान्तरणका मुद्दाका पक्षमा परिणामदायी बनाउने लक्ष्य बोकेको छ ।

वीपी कोइरालाको जन्मजयन्ती पारेर राखिएको कार्यक्रममार्फत अभियानमा संलग्न अभियन्ताहरुले आफ्नो ८ बुँदे आचारसंहिताको घोषणा गरेका छन् । यो चरणको कार्यक्रम १६५ प्रतिनिधिसभा क्षेत्रमा पुग्ने जनाइएको छ ।

अभियानका क्रममा विभिन्न जिल्लाको भ्रमणमा जाँदा महंगो होटेलमा नबस्ने, पार्टी सदस्यहरुको घरपरिवारमा बस्ने, तडकभडक खर्चिलो यात्रा नगर्ने, माला खादाको प्रयोग नगर्ने, मदिरा सेवन नगर्ने, तोकिएको समयमै कार्यक्रम आरम्भ गर्ने, विषयकेन्द्रित मन्तव्य मात्र राख्ने तथा सम्बोधन संक्षिप्त गर्ने आदि आचारसंहितामा समेटिएका छन् ।

Advertisement