June 21, 2024, Friday
२०८१ असार ८
1:37:26 pm

कांग्रेसको ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित

1.5K

काठमाडौं । नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित गरेको छ । मंगलबार कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले पत्रकार सम्मेलन गर्दै अर्को निर्णय नभएसम्मका उक्त कार्यक्रम स्थगित गरिएको जानकारी एिका छन् ।

साउनमा बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले भदौ १० देखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ कार्यक्रम गर्ने निर्णय गरेको थियो । अविरल वर्षा, बाढीपहिरो, डेंगी र आँखा पाक्ने रोगले समुदाय नै प्रभावित भएकाले उक्त कार्यक्रम तत्काललाई रोकिएको जनाइएको छ ।

कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको हो ।

Advertisement