September 21, 2023, Thursday
२०८० आश्विन ५
1:37:26 pm

नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण

580

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । आइतबार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीबीच एकता भएको हो ।

एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले मधेसवादी नेताहरुले जनकपुर जान नदिनका लागि प्रतिबन्ध लगाउने निर्देशन पार्टी कार्यकर्तालाई दिएको आरोप लगाए । उनले आफू साढे ८ वर्षसम्म जेलमा मधेसको आन्दोलनका लागि लड्दा बस्नुपरेको बताए ।  

अगामि एकता महाधिवेशन सम्मका लागि एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी हुने र दुवै पक्षविच सम्झौता भए पश्चात महाधिवेशनसम्म झण्डा, चुनाव चिन्ह, छाप र विधान नागरिक उन्मुक्ति पार्टीले प्रयोग गर्दै आएको हुने बताइएको छ ।

Advertisement

यस्तै, केन्द्रीय निकायदेखि स्थानिय तहसम्म पदाधिकारी तथा सदस्यहरुको समायोजनबारे दुवै पार्टीबीच आन्तरीक सहमती भएको जनाइएको छ ।

कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु लगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।