September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

एलिजा गौतमले राजनीतिबाट लिइन् विदा

1.1K

काठमाडौँ । आफ्ना अभिव्यक्तिका कारण अक्सर विवादमा आउने गरेकी अभिनेत्री तथा एलिजा फाउन्डेसनकी प्रमुख एलिजा गौतमले सक्रिय राजनीतिबाट विदा लिएकी छन् ।

गत माघमा नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी उनले बिहीबार फेसबुकमा एक पोस्टमार्फत् राजनीतिबाट विदा लिएको जानकारी गराएकी हुन् । उनले अब समाज सेवालाई निरन्तरता दिने उल्लेख गरेकी छन् ।

धरान उपमहानगरका मेयर हर्क साम्पाङको वृक्षारोपण अभियानमा सघाउँदै गर्दाको तस्बिरहरु सेअर गर्दै उनले लेखेकी छन्, ‘मेरा आगामी दिन समाज सेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।’ उनले दलको सक्रिय राजनीति गर्नेहरुलाई एकपटक धरान पुगेर मेयर साम्पाङको काम हेर्न समेत अनुरोध गरेकी छन् ।

Advertisement