काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक बस्दैछ। बजेटबारे निर्णय लिन जसपाको बैठक दिउँसो १२ बजे बस्न लागेको हो ।
बजेटप्रति असन्तुष्टि पोख्दै आएको जसपाले बजेट सच्याउन माग गर्दै आइरहेको छ । जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतसँग जवाफ पनि माग गरेको थियो। जसको मंगलबार अर्थमन्त्री महतले जवाफ दिएका थिए। तर त्यसबाट हुन नसकेको जसपाका सांसदहरूले बताए।
यसैबीच बजेटप्रति असन्तुष्टि जनाउँदै आएको एकीकृत समाजवादीकोले पनि संसदीय दलको बैठक बोलाएको छ।
काँग्रेस र माओवादी केन्द्रले भने बजेटका पक्षमा भोट हाल्न मंगलबार नै ह्विप लगाइसकेका छन्।