April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बाबुराम भट्टराई र रेशम चौधरीबीच भेट

1.5K

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग भेट गरेका छन् । भट्टराई निवास पुगेका चौधरीलाई भट्टराईले खाँदा लगाएर स्वागत गरेका छन् ।

आफ्नै निवास आएका रेशमलाई स्वागत गरेको तस्वीर सामाजिक सञ्जालमा राख्दै भट्टराईले लेखेका छन् ‘हालै जेलमुक्त हुनुभएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई खुला आकाशमुनि हार्दिक स्वागत !’

शनिबार भएको भेटमा रेशमले नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईसँग आफू पार्टी निर्माणको क्रममा देशदौडाहा गरिरहेको जानकारी दिएका थिए ।

Advertisement

टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय सुनाइएका रेशमलाई गत १५ जेठमा गणतन्त्र दिवशको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।