April 21, 2026, Tuesday
२०८३ बैशाख ८
1:37:26 pm

जसपाका घटकहरूले भन्यो –उपेन्द्र यादवलाई जिताउनुपर्छ

2.5K

काठमाडौँ । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई जिताउन पार्टीसँग सम्बद्ध १०+१ संगठनहरुले आव्हान गरेका छन् ।

२०८० साल बैशाख १० गते आइतबारका दिन हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनमा मधेस प्रदेशको बारा –२ मा जसपा, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव पाँच दलिय गठबन्धन दलहरूको साझा उम्मेद्वार छन् ।

आव्हान गर्नेहरुमा खगेन्द्र माखिम, अध्यक्ष लिम्बुवान राष्ट्रिय समिति, रमेश राई, अध्यक्ष किरात राष्ट्रिय समिति, दावा शेर्पा, अध्यक्ष शेर्पालुङ राष्ट्रिय समिति, मा.जयराम यादव, अध्यक्ष मधेस राष्ट्रिय समिति, दलमर्दन कामी, सह ईन्चार्ज शिल्पी/दलित विशेष प्रदेश समिति, ज्ञानु लामा, अध्यक्ष ताम्सालिङ राष्ट्रिय समिति, ओमकृष्ण श्रेष्ठ, का.बा.अध्यक्ष, नेवा राष्ट्रिय समिति, मन बहादुर गुरुङ, अध्यक्ष तमुवान राष्ट्रिय समिति, नेत्र थापा मगर, अध्यक्ष मगरात राष्ट्रिय समन्वय समिति, प्रेम थापा, ईन्चार्ज खसान राष्ट्रिय समिति, आङकाजी शेर्पा, इन्चार्ज प्रवास विशेष प्रदेश समिति छन् ।

Advertisement

संयुक्त विज्ञप्तिमा भनिएको छ –उपेन्द्र यादव, नेपाली राजनीतिमा संघीयताका पिता साथै मधेस आन्दोलनका नायक हुनु हुन्छ । साथै मधेसी, उत्पीडित, उपेक्षित, विभेदमा रहेका दलित/शिल्पी तथा पिछडावर्ग सबैका अविभावक हुनुहुन्छ । मधेस प्रदेशको स्थापनापछि अब मधेसको विकास र समृद्धिका गर्नु छ, सिंगो नेपाली राजनीतिलाई सहि संघीयताको लिकमा हिडाउनु छ, पहिचानको आन्दोलनमा सहादत हुनु भएका मधेसी लगायत शहिदहरुको सपना साकार पार्नुछ, बारा जिल्लाको समग्र उन्नति प्रगति र विकास गर्नुछ, यसका लागि संघीय संसदमा उपेन्द्र यादवको आवश्यकता छ ।”