March 31, 2025, Monday
२०८१ चैत्र १८
1:37:26 pm

आयो ‘केपी बा’को दोस्रो भागः ‘मेरो जेल अनुभव र नयाँ पुस्ता’

1.3K

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्यूब च्यानल’मा उनको संस्मरणको दोस्रो भाग अपलोड भएको छ । ‘मेरो जेल अनुभव र नयाँ पुस्ता’ शीर्षकको उक्त भिडियो २९ मिनेटको रहेको छ ।

यसअघि अध्यक्ष ओलीको ७१ औं जन्मदिनको अवसरमा उक्त भिडियो च्यानल सुरु गरिएको थियो । पहिलो भागमा ‘ती तीन मृत्यु, जसले मलाई छोएर गए’ शीर्षकमा उनले मृत्युबाट संयोगवश बाँचेका घटनाहरु प्रस्तुत गरेका थिए । दोस्रो भागमा जेलभित्रको जेलका रुपमा मानिने गोलघर भित्रको आफ्नो जीवनबारे बताएका छन् ।

अध्यक्ष ओलीले निरंकुश व्यवस्था बिरुद्ध कठोर संघर्ष र यातनापूर्ण जेल जीवन लगायतका विषयमा नयाँ पुस्तासँग आफूलाई क्रमशः साक्षत्कार गर्नेछन् । लोकतान्त्रिक अधिकार उपभोग गरिरहेको अहिलेको समाज र बोल्ने, लेख्ने, दल खोल्ने तथा संगठित गतिविधि गरे सजाय हुने त्यसबेलाको समाजको भेदलाई बुझ्न समेत यसले सघाउ पु¥याउने छ ।

Advertisement

विचार र वाक् स्वतन्त्रतामा बन्देज रहेको र दलहरुमाथि प्रतिबन्ध रहेको निरंकुश पञ्चायती व्यवस्थाको कठोर कालखण्डमा राज्य विरुद्धको अपराधको झुठा मुद्दा लगाएर ओलीलाई १४ वर्षे कठोर कारावास राखिएको थियो । १४ वर्षको जेल जीवनमध्ये ४ वर्षसम्म ओलीलाई गोलघरमा राखिएको थियो ।