March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

उपराष्ट्रपतिका उम्मेदवार यादवविरुद्ध एमाले नेताले दिए उजुरी

२०७९ फाल्गुन २७

1.4K

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिनुभएका रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दर्ता भएको छ ।

शनिबार दिउँसो सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा नेकपा (एमाले)का सांसद महेश बर्तौलाले यादवविरुद्ध उजुरी दिएका हुन् ।

pinup pin up pin up pinup

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवारविरुद्ध उजुरी दिएको हो ।

Advertisement

निर्वाचन अधिकृतको कार्यालयले ६ बजेसम्म दाबी विरोधको सूचना दिने समय दिएको छ । उजुरीमाथि आइतबार १२ बजेसम्म छानबिन गर्ने समय छ ।