April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

बामदेव निवासमा ओली, नेम्वाङलाई मागे भोट

२०७९ फाल्गुन १७

1.2K

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ।

गौतमलाई भेट्न ओली बुधबार गौतमको निवास भैँसेपाटी पुगेका थिए। भेटमा ओलीले राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेद्‍वार सुवास नेम्वाङका लागि भोट मागेको र पार्टी एकता गर्नपनि आग्रह गरेको बुझिएको छ।

नेकपा विभाजनपछि ओली पहिलोपटक गौतम निवास पुगेका हुन्। राष्ट्रपति निर्वाचनमा एमालेले माओवादी र एकीकृत समाजवादीसँग नेम्वाङलाई निर्वाचित गराउन मत मागेका छन्।

Advertisement