काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्याललाई जेनेभा जानबाट रोकेपछि एमालेले सचिवालय बैठक बोलाएको छ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।
बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने बैठकमा परराष्ट्रमन्त्रीलाई जेनेभा जानबाट रोक लगाएकोदेखि सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा समेत छलफल हुने बताइएको छ ।
फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन हुँदै छ । राष्ट्रपतिका लागि नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । उनको प्रतिस्पर्धा आठ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका रामचन्द्र पौडेलसँग हुनेछ ।