November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सांसद विश्वकर्माको उपचारमा गम्भीर बन्न सरकारलाई आग्रह

२०७७ कार्तिक १६

2.6K

काठमाडौं–नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रतिनिधि सभा सदस्य मीन विश्वकर्माको उपचारमा गम्भीर बन्न प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीलाई आग्रह गरेका छन्।

खाँणले शनिबार प्रधानमन्त्री केपी ओलीलाई टेलिफोन वार्ता गरी जानकारी गराउनुका साथै विश्वकर्माको उपचारमा सरकारका तर्फबाट आवश्यक सहयोगका लागि विशेष आग्रह गरेका हुन्। 

त्यस्तै, उनले विश्वकर्माको स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने सहयोगका लागि स्वास्थ्यमन्त्रीलाई आग्रह गरेका छन्।

Advertisement

कोरोना भाइरस संक्रमणका कारण अस्वस्थ भएका विश्वकर्माको कार्तिक ९ गतेबाट (वीर र त्यसपछि ग्राण्डी अस्पतालमा) उपचार भइरहेको छ। निमोनिया देखिएको र श्वासप्रस्वासमा समस्या आएपछि उनलाई ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा राखिएको छ।