November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

1.9K

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी दिउँसो १ बजेका लागि बोलाइएको बैठक बिहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो ।

२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले आज विश्वासको मत लिने कार्यसूची तय भएको थियो । सत्तारूढ गठबन्धनको नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग मुद्दालाई लिएर विश्वासको मतबारे अझै निर्णय नगरेपछि बैठक स्थगित भएको हो । प्रदेश सभाले सरकारको आग्रहमा बैठक स्थगित गरिएको जनाएको छ ।

उन्मुक्तिका सात जना प्रदेश सभा सदस्यहरू पार्टीका संस्थापक रेशम चौधरीसँग छलफल गर्न मंगलबार काठमाडौं आएका थिए । उनीहरू अहिलेसम्म धनगढी फर्किएका छैनन्।

Advertisement