November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

रवि लामिछानेको राजीनामाबारे नेम्बाङले भने: : यसमा अलिकति पनि आत्तिनुपर्दैन

1.5K

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्बाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । शहिद दिवसको अवसर पारेर एमालेले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्बाङले सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नुपरेको प्रसंगमा ती समस्यालाई संविधान अन्तर्गत नै हल गरेर अघि बढन आफूहरु सक्षम रहेको बताएका हुन् ।

नेम्बाङले नेपाली जनता आफैंले बनाएको संविधान बुद्धिमानीपूर्वक कार्यान्वयन गर्न पनि राजनीतिक दलहरु सचेत हुनुपर्ने आवश्यक्ता रहेको बताए। संविधान जतिसुकै राम्रो भएपनि त्यसलाई दलहरुले आफ्नो बुद्धि, विवेक र क्षमता प्रर्दशन गरेर कार्यान्वयनमा लैजानुपर्ने उनको भनाई थियो ।

‘अहिले भर्खरका पनि घटनाक्रमहरु छन् नि ! सम्मानित सर्वोच्च अदालतले अहिले हाम्रो गृहमन्त्री उहाँले राजीनामा गर्नुपर्ने अवस्था भयो नि । के हुन्छ ? यी सबै घटनाक्रमहरुलाई स्वभाविक रुपमा जनताले बनाएको यो संविधान अन्तर्गत हामी राजनीतिक दलहरुलाई यसलाई एउटा टुंगोमा पुर्याउन सक्षम छौं । पुर्याउँछाै । यसमा अलिकति पनि आत्तिनुपर्ने चिन्ता गर्नुपर्ने कुरा छैन ।  यस्ता कुराहरु उत्पन्न हुन्छन् । त्यो अवस्थालाई हामी सम्बोधन गर्छौं भनेर सोचेरै यो संविधान बनाइएको हो ।’, नेम्बाङले भने ।

Advertisement