April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

चिनियाँ राजदूतलाई भेटेलगत्तै प्रधानमन्त्री प्रचण्ड बालकोटमा, मन्त्रिपरिषद विस्तारबारे छलफल

1.5K

काठमाडौं। चिनियाँ राजदूतलाई बालुवाटारमा भेटे लगत्तै प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका छन्। दुई नेता बीच मन्त्रिपरिषद विस्तारबारे छलफल भएको छ ।

पुस २६ मा प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् बिस्तारको गृहकार्यमा रहेका छन् । आइतबार साँझ पनि दुईबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

सोमबारको भेटमा ओली–प्रचण्डबीच मन्त्रिपरिषद् बिस्तार, राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल भइरहेको ओलीको सचिवालयले जानकारी दिएको छ । आउँदो बुधबार हुने सभामुख निर्वाचन नजिकिएसँगै भेटवार्ता पनि बाक्लिएको देखिएको छ ।

Advertisement

पछिल्लो समय मन्त्रीमण्डल विस्तारका बारेमा छलफल भइरहे पनि कुनै निर्क्योल निस्किन सकेको छैन। सभामुख र राष्ट्रपतिका बारेमा नेपाली कांग्रेससँग पनि छलफल गरिने प्रचण्डले बताएपछि गठबन्धनमा केही शङ्काहरू उत्पन्न हुन थालेको बताइएको छ।

यसअघि प्रधानमन्त्री प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङले शिष्टाचार भेट गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्रीलाई राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बधाई ज्ञापन गरेका थिए ।