April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

आरआर क्याम्पसमा एमाले निकट विद्यार्थीहरुबीच खुकुरी हानाहान, एक जनाको हात छिन्यो

1.4K

काठमाडौं । रत्नराज्य क्याम्पस (आरआर)मा विद्यार्थी नेताहरुबीच झडप भएको छ । झडपमा खुकुरी प्रहार हुँदा तीन जना घाइते भएका छन् । स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी नेताहरुबीच झडप भएको बताइएको छ ।

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूबीच भएको विवादले उग्र रुप लिएपछि खुकुरी हानाहानको अवस्था आएको बुझिएको छ ।

घाइतेलाई काठमाडौं मोडल अस्पताल बागबजारमा उपचार भइरहेको छ । झडपमा संलग्न रहेका व्यक्तिहरू प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते मध्ये एक जनाको हात छिनेको बताइएको छ ।

Advertisement