March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

केपी ओली दलको नेतामा निर्विरोध

1.2K

काठमाडौं । प्रमुख दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न आन्तरिक प्रतिस्पर्धाको तयारी भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन् । उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली संसदीय दलको नेतामा निर्विरोध चयन भएका हुन् ।

संसदीय दलको नेता चुनिएपछि ओलीले सांसदहरुलाई आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न निर्देशन पनि दिएका छन् । संसदलाई अकर्मण्यताबाट बचाउनका लागि एमालेका सांसदहररुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । प्रतिनिधिसभामा एमालेका ७८ जना सांसद छन् ।

दलको नेतामा चयन भएका ओलीलाई काठमाडौंमा एक भब्य समारोहको आयोजना गरी ‘म्याद अफ दी इलेक्सन’ अवार्डबाट सम्मान गरिएको थियो । कार्यक्रममा मंसिर ४ को चुनावमा क्लिन स्वीप र ए‍ेतिहासिक जित निकाल्न सफल अर्घाखाँची, पर्वत, धनकुटा र सोलुखुम्बु जिल्ला पार्टी जिल्ला अध्यक्षलाई पनि सम्मान गरिएको थियो ।

Advertisement