March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

अदालती ‘कु’बाट हामीलाई सरकारबाट हटाइएको हो: केपी ओली

915

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालती ‘कु’बाट आफूलाई सरकारबाट हटाइएको बताएका छन् ।लोकतान्त्रिक मूल्य र मान्यताहरु कुल्चिएर संविधानमा नभएको कुराहरुको व्याख्या गरि आफूहरूलाई कु गरिएको ओलीले बताएका हुन् ।

मंगलबार काठमाडौंमा प्रतिनिधिसभा तथा प्रदेशसभाका संसदहरुलाई शुभकामना तथा बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने,’हिजैदेखि हाम्रोविरुद्ध कहिले मुद्दा लगाउने, कहिले अभियोग हाल्ने, हामीले जुन जनादेश प्राप्त गरेका थियौं त्यसलाई अस्वीकार गर्ने, त्यसलाई कुच्चिने, अर्को दिशा अस्थिरतातर्फ देशलाई धकेल्ने त्यस्ता प्रयासहरु भए । हामीलाई कमजोर बनाउनका लागि ज-जसको जे-जे अधिकार क्षेत्र हो, संवैधानिक अंगका राज्यका अंगमा पनि अतिक्रमण गरियो, परमादेशबाट हामीलाई हटाउने काम मात्रै भएन, संसदको अधिकार क्षेत्रमा अतिक्रमण पनि भयो, लोकतान्त्रिक मूल्य र मान्यताहरु कुच्चिए, संवैधानिक व्यवस्थाको पालना भएन, संविधानमा नभएको कुराहरुको व्याख्या गरियो, एक ढंगले भन्ने हो भने अदालती कु जस्तोबाट हामीलाई सरकारबाट हटाइयो ।’

यस्तै अध्यक्ष ओलीले यसपटक जनताको मताधिकार खोसिएको बताए । ‘राज्य सत्ता र शक्तिको चरम दुरुपयोग भएको छ ।राज्यका विभिन्न अंगहरूको दुरुपयोग भएको छ ।सार्वभौम जनताले शान्तिपूर्ण वातावरणमा स्वतन्त्र ढंगले छान्न पाउने अधिकार खोसिएको छ । यो जनताको सार्वभौम सत्तामाथिको प्रहार हो ।’, उनले भने ।

Advertisement