काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समानुपातिक सूचीमा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको नाम परेपछि एमालेभित्र विवाद चुलिएको छ । एकनाथ ढकाल भन्ने पात्रकै कारण एमालेभित्र विवाद चरम स्थितिमा पुगेको छ । समानुपातिक सूचीबाट सांसद भएपछि ढकालका कारण एमालेभित्रैबाट चर्को विरोध भइरहेको छ ।
ढकाललाई सांसद नबनाउनका लागि सुरुदेखि नै विवाद भएको थियो । त्यो विवाद र असन्तुष्टिलाई अध्यक्ष केपी ओलीले भने वेवास्ता आएका छन् । ढकाललाई विदेशी पैसा ल्याएर नेपालमा राजनीति गर्ने र क्रिश्चियन धर्म प्रचारमा काम गरेको आरोप लाग्दै आएको छ ।
कोरियन त्रिश्यिचन धर्म गुरुको पैसा ल्याउने र नेपालमा नेताहरुलाई सहयोग गर्नेमात्र होइन, पार्टी नै बनाएर पनि उनी सांसद हुने हैसियत बनाएका थिए । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा ढकाल गरिबी निवारण मन्त्रीसमेत भएका थिए । त्यसपछि एमालेसँग सम्बन्ध विस्तार गरेका ढकालले एमाले नेताहरुलाई चार बर्षअघि निकै ठूलो विवादमा तानेका थिए ।
होलीवाईन प्रकरणले चर्चित घटनामा अध्यक्ष ओली र माधव नेपाल नै मुछिएका थिए । त्यसरी ढकालको योजना अनुसार नेपालका क्रिश्चिन धर्मको प्रचारका लागि अन्तर्राष्ट्रिय सम्मेलनका नाममा करोडौं खर्च भएको थियो । प्रधानमन्त्री रहेका ओली त्यतिबेला ३ दिनसम्म सोल्टी होटलमा बसेका थिए । देशभित्र नै प्रधानमन्त्री रहेका बेला त्यसरी होटलमै बस्ने गरी प्रभाव पार्ने त्यो कार्यक्रम विवादास्पद बनेको थियो । तर, पनि ओलीले ढकाललाई साथ दिन भने छोडेनन् ।
काल साना हतियार कारोबारमा संलग्न कोरियन एक हतियार व्यापारी मुनको पैसाले नेपालका धर्म प्रचारको काम गर्ने गरेको बताइन्छ । पहिला एमाले सरकार ढाल्दा अविश्वासको पक्षमा मतदान गरेका उनलाई कसको दवावमा समानुपातिक दुई नम्बरमा राखियो ? भन्ने प्रश्न सर्वत्र उठेको छ । ढकाललाई भित्र्याउने नाममा एमालेका इमानदार, त्यागी, जुझारु कार्यकर्ताहरुलाई पाखा लगाउने काम भएको भन्दै एमालेमा चर्को विरोध भइरहेको समाचार साँघुले लेखेको छ ।