April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

एमालेबाट समानुपातिकतर्फ ३४ सांसदको नाम फाइनल

1.3K

काठमाडौं । एमालेले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने सांसदको नामावली टुंगो लगाएको छ । शनिबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकबाट ३४ सांसदको नाम टुंगो लगाएको हो । एमालेले समानुपातिकबाट प्रतिनिधिसभातर्फ ३४ र प्रदेशमा ७० गरी कुल १०४ सिट जितेको छ ।

बैठकले २२ महिला र १२ पुरुष गरि कूल ३४ सांसद्को नाम टुंगो लगाएको पार्टीका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । निर्वाचन आयोगले मंसिर २१ गते राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसद्को नाम मंसिर २४ गतेसम्म पठाउन निर्देशन दिएको थियो ।

आयोगले समानुपातिक सांसद्को अन्तिम सूची पेस गर्न दिएको समयसीमा शनिबार अपरान्ह सकिँदैछ । दलहरुले पठाएका नाम समानुपातिक सिद्धान्त अनुसार भए नभएको जाँचबुझ गरेर आयोगले निर्णय गर्नेछ ।

Advertisement

प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ सबैभन्दा धेरै सिट एमालेले पाएको छ । एमालेले प्रतिनिधि सभातर्फ ३४ र सातै प्रदेश सभातर्फ ७० गरेर कुल १ सय ४ सिट पाएको छ । एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, वाग्मतीमा १४, गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ सिट पाएको छ ।

पुरुष

रघुजी पन्त

एकनाथ ढकाल

दयालबहादुर शाही

महिला

मेनुकाकुमारी पोखरेल

सरिता भुसाल

सोभा ज्ञवाली

विजुला रायमाझी

निर्मला कोइराला

सम्झना थपलिया

दिपा शर्मा

सुनिता बराल

आदिवासी जनजाति

पुरुष

देवीप्रसाद भट्ट चन्द

हेमराज राई

कालुराम राई

महिला

नैनकला थापा मगर

सूर्यकुमारी श्रेष्ठ

उर्मिला थेवे

इश्वरी घर्ती

रणकुमारी बलम्पाकीमगर

शान्ति श्रेष्ठ

सरस्वती सुब्बा

दलित

पुरुष

इश्वरबहादुर रिजाल

प्रभु हजारा पाश्वान

चन्द्रबहादुर विश्वकर्मा

महिला

रुकमणी राणा बराइली

हर्कमाया विश्वकर्मा

मधेसी

पुरुष

गंगा प्रसाद यादव

अमृतराज लालवंशी

महिला

विना देवि

अमृतादेवि अग्रहरी

प्रतिक्षा तिवारी मुखिया

थारु महिला

आश्मा कुमारी चैधरी

शान्ति चौधरी

मुस्लिम

सराज अहमद फारखी