February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

समानुपातिक सांसद छनोट गर्न एमालेको बैठक बस्दै

1K

काठमाडौं । समानुपातिक सांसद छनोट गर्न नेकपा एमालेको बैठक आज बस्ने भएको छ । आफ्नो भागमा परेको समानुपातिक सिटमा पठाउने सांसदको छनोट गर्न आज सचिवालय बैठक बस्न लागेको हो ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबाट एमालेले प्राप्त गरेको मतको आधारमा पाएको समानुपातिक सांसद सिटमा पठाउने सांसदहरुको टुंगो लगाउने जनाइएको छ ।

प्रतिनिधिसभामा ३४ सिट पाएको एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने जनाएको छ ।

Advertisement