July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

नेकपा एस बाहेकका पार्टीलाई मिलाएर सरकार बनाउने कसरतमा ओली

1.9K

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरूले नयाँ सरकार गठनको तयारी गरिरहँदा नेकपा (एमाले)ले पनि आफ्नो तर्फबाट पहल थालेको छ ।

प्रत्यक्ष तथा समानुपातिकको मतगणना अन्तिम चरणमा आइपुग्दा एमालेले पनि आफ्नो सिट आंकलन गर्दै सरकार गठनको कसरत थालेको हो ।

एमालेले प्रत्यक्षतर्फ ४४ सिट र समानुपातिकतर्फ ३५ देखि ३६ सिट प्राप्त भए आफ्नो नेतृत्वमा सरकार बनाउन प्रयास थाल्ने सो पार्टीका नेताहरूले जनाएका छन् ।

Advertisement

एमालेले नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाहेकका पार्टीलाई मिलाएर सरकार बनाउने सम्भावना रहेको बताइएको छ । आफूहरूको नेतृत्व स्वीकार गरेर माओवादी केन्द्र आउन चाहे ढोका खुला राखेर छलफल थाल्ने पनि एमाले नेताहरूले बताएका छन् । नागरिक दैनिकबाट