July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

धनुषा क्षेत्र नं. ४ मा एमालेका रघुवीर महासेठ विजयी

1.5K

जनकपुरधाम । धनुषा क्षेत्र नं. ४ मा पुनः नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । नेपाली काँग्रेसका महेन्द्र यादवलाई पराजित गरी महासेठ विजयी बनेका हुन् ।

महासेठ १२४ मतान्तरले विजयी भएका हुन् । मतरिणाम अनुसार महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी यादवले ३२ हजार ११२ मत पाएका छन् ।

विजयी भएका महासेठ एमालेका सचिव हुन् भने यादव काँग्रेसका सहमहामन्त्री हुन् ।

Advertisement

यसअघि २०७४ को निर्वाचनमा पनि महासेठले यादवलाई २ हजार ५४१ मतान्तरले पराजित गरेका थिए ।