इलाम । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङ निर्वाचित भएका छन् । काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गर्दै नेम्बाङ निर्वाचित बनेका हुन् ।
नेम्वाङ ११४ मतान्तरले विजयी बनेका हुन् । नेम्बाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए ।
यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्बाङ नै निर्वाचित भएका थिए । उनी ०५६ सालयता प्रतिनिधि सभामा यसै क्षेत्रबाट निरन्तर अपराजित छन् ।