March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

पहिलो प्रयासमै सफल भए ठाकुर गैरे, पाल्पा २ बाट विजयी

1.3K

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ पाल्पा २ बाट नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरे निर्वाचित भएका छन् । शुक्रबार दिउँसो सकिएको मतगणनाको अन्तिम परिणामअनुसार उनले ३ हजार ९६६ मतान्तरले नेकपा (एकीकृत समाजवादी)का सोमप्रसाद पाण्डेलाई पराजित गरेका हुन् ।

पहिलो प्रयासमै सफल भएका गैरेले २७ हजार ८१७ मत ल्याउँदा निवर्तमान सांसद समेत रहेका पाण्डेले २३ हजार ८५१ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन गैरे ५ हजार १८० मतसहित तेस्रो भए । तत्कालीन नेकपा एमालेमा रहँदा सोमप्रसाद पाण्डे र ठाकुरप्रसाद गैरेबीच टिकट पाउन सधैँ लडाइँ नै हुन्थ्यो। यसपटक भने ठाकुरले एमालेबाट सोझै टिकट पाएका थिए । निवर्तमान सांसद पाण्डे ०५१ देखि पाल्पाबाट नेकपा एमालेको उम्मेदवार बन्दै आएका थिए।

Advertisement