बिर्तामोड । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन् । गठबन्धनतर्फका उम्मेदवार काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई भारी मतले पराजित गर्दै ओली छैटौं पटक निर्वाचित भएका हुन् ।
ओली र पाण्डवबीच २८५७४ को मतान्तर रहेको छ । बुधबार सम्पन्न मत गणनामा ओलीले ५२३१५ मत पाए भने प्रतिस्पर्धी कांग्रेसका अधिकारीले २३७४१ मत मात्र पाए ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली २०६४ को पहिलो संविधानसभा चुनावबाहेक २०४८ यताका सबै चुनावमा झापाबाट निर्वाचित हुँदै आएका छन् । उनी ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा झापा क्षेत्र नं. ६ बाट निर्वाचित भएका थिए । ओली ०५६ मै झापा २ बाट समेत निर्वाचित भएका थिए ।




