February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

गगन थापाप्रति दिपशिखाको गुनासो : घण्टीसँगको साझेदारी गरेर हामीलाई मज्जाले हराउनुभयो

1.5K

काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम वाइसीएल इन्चार्ज राम प्रसाद सापकोटा‘दिपशिखा’ले राष्ट्रिय स्वतन्त्र पार्टीसग मिलेर कांग्रेस नेताले आफ्नो पार्टीका उम्मेदवारलाई हराएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभाको देशभरको नतिजाले माओवादी केन्द्रका उम्मेदवारहरुको कमजोर मत परिणाम आइरहेका बेला उनको यस्तो प्रतिक्रिया आएको हो । विशेषगरी उनले कांग्रेस महामन्त्री गगन थापाप्रति आफ्नो भनाइ इङ्गित गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्,‘नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनले भनेका थिए– म कालो कांग्रेस हुँ ! हो रहेछ, तपाई र तपाईको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रिहरुलाई मज्जाले हराउनुभयो । तपाईलाई आगामी यात्राको शुभकामना ! हामी जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्विकार गर्छौ, तर यति कुरा दर्ज गरिराख्नपर्ने भएर लेखियो ।

Advertisement